दफा १३
विवाह अधिकारीले गैर कानूनी काम गरेमा सजाय हुने
: यो ऐनको विपरीत हुने गरी जानाजानी विवाह गराए वा विवाह दर्ता गरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको कार्यविधि पालन नगरी विवाह गराएमा वा विवाह दर्ता गरेमा विवाह अधिकारीलाई ६ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।